citizens life insurance long ad
stcnepal long ad

इसेवा मार्फत अब दराजमा पनि भुक्तानी गर्न मिल्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अनलाइन बजार,दराजले नेपालको पहिलो अनलाइन भुक्तानी सेवा प्रदायक र डिजिटल वालेट, इसेवासँग सहकार्य सुरु गरेको छ ।

यो साझेदारीको साथ, प्रयोगकर्ताहरूले सजिलै दराज एपमा खरिद गरेको कुनै पनि चीजको लागि इसेवा मार्फत भुक्तानी गर्न सक्दछन् ।

यो नयाँ भुक्तानी प्रक्रियाले दराजमा किनमेल गर्न अझै सरल, सहज र भरपर्दो बनाउने छ। यसले चेक आउट प्रक्रिया को समय घटाउनेछ, डिजिटल सुरक्षा अझै बलियो बनाउने छ र प्रयोगकर्ताहरुलाई सामाजिक दुरी कायम गर्न पनि सहयोग पुर्याउने छ।

दराजमा इसेवा वालेट प्रयोग गर्न, ग्राहकहरूले पहिले आफ्नो इसेवा खातालाई दराज एपसँग लिङ्क गर्नुपर्नेछ। लिङ्क भइसके पछि ग्राहकहरूले ओटिपी मार्फत किनमेल गर्न सक्नु हुनेछ।

इसेवा वालेट मार्फत पेमेन्ट गरे पैसा फिर्ता लिनुपर्ने स्थितिमा फिर्ता लिने प्रक्रिया पनि छिटो हुनेछ । “इसेवा नेपालको एकदमै लोकप्रिय डिजिटल वालेट हो र दराज एपमा इसेवा वालेट को स्थापना गरेर हाम्रो प्रयोगकर्ताहरुको लागि अझै धेरै भुक्तानी सुविधा प्रदान गर्न सकेकोमा हामी निकै उत्साहित छौं।

हामी दुई कम्पनी बीचको सहकार्यले हाम्रा ग्राहकहरूको लागि अझै सहज शपिंग अनुभवमा दिन सक्ने कुरामा विश्वस्त छौं। ” , दराज नेपालका प्रबन्ध निर्देशक लिनो अहलरिंगले भने ।

IME Life
kumari