citizens life insurance long ad
stcnepal long ad

सुन,चाँदी, हीरा तथा सुनचाँदीका गरगहनाको परिक्षण तालिम संचालन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा उक्त भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि सुन, चाँदी, हीरा तथा सुनचाँदीका गरगहना परीक्षण सम्बन्धि तालिम आजबाट प्रारम्भ भएको छ ।

पाँच दिनसम्म संचालन हुने तालिममा नौ जना कर्मचारीहरु सम्मिलित हुनुहुन्छ ।

तालिमको उद्घाटन गर्दै कार्यालय प्रमुख  शम्भुप्रसाद मरासिनिले यस्तो कठिन अवस्थामा पनि महासंघले तालिम उपलब्ध गराउन लागेकोमा खुशी व्यक्त गर्नु हुँदै यसले सरकार र महासंघ वीचको सहकार्यलाई थप उजागर गरेको बताउनु भयो । साथै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रमुख भन्सार अधिकृत कर्ण प्रसाद तिमिल्सिनाले यस प्रशिक्षणको महत्व बारे प्रकाश पार्नु भएको थियो ।

महासंघका अध्यक्ष रमेश महर्जनले आयात निर्यातसंग सम्बन्धित सरकारी निकायहरु सो सम्बन्धित क्षेत्रको पर्याप्त विज्ञ भइदिएमा व्यवसायिहरुलाई पनि सहज हुने भंसार कार्यालय जस्तो Import को Entrance / Export को Exit को मुख्य नाकामा रहेको ठाँउमा यस किसिमको विज्ञताले आर्थिक वृद्धिलाई धेरै सहयोग पु¥याउने अपेक्षा गरिएको बताउनु भयो ।

साथै उहाँले व्यवसायीहरुसंग रहेको प्राविधिक ज्ञान नियामक निकायमा कार्यरत जनशक्तिका लागि शेयर गर्न पाएकोमा महासंघले आफ्नो एउटा जिम्मेवारी अन्तर्गत लिएको बताउनु हुँदै महासंघका प्रदेश र जिल्ला संघ मार्फत यस कार्यलाई देशका अन्य आवश्यक स्थानहरुमा पनि विस्तार गर्न सकिने बताउनु भयो ।

यसरी प्रशिक्षणको अवसर दिनु भएकोमा नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भंसार कार्यालय प्रति आभार व्यक्त गर्नुभयो ।

सो अवसरमा महासंघका प्रथम उपाध्यक्ष रुद्ध बहादुर बराईलीले यस कार्यलाई एउटा उदाहरणीय शुरुवातको रुपमा लिनुपर्ने बताउनु भयो ।

तालिममा महासंघका केन्द्रिय कार्यसमिति सदस्य मीन बहादुर तामाङले सुनचाँदीका गहनाको एवं GIA Gemologist रिकेन महर्जनले हीरा तथा रत्न पत्थर परीक्षण सम्बन्धि प्राविधिक प्रशिक्षण दिनु हुनेछ ।

यस तालिमबाट भन्सार चेक जाँचमा ठूलो सहयोग हुने पनि अपेक्षा राखिएको छ ।

IME Life
kumari