stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सुन,चाँदी, हीरा तथा सुनचाँदीका गरगहनाको परिक्षण तालिम संचालन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भन्सार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा उक्त भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि सुन, चाँदी, हीरा तथा सुनचाँदीका गरगहना परीक्षण सम्बन्धि तालिम आजबाट प्रारम्भ भएको छ ।

पाँच दिनसम्म संचालन हुने तालिममा नौ जना कर्मचारीहरु सम्मिलित हुनुहुन्छ ।

तालिमको उद्घाटन गर्दै कार्यालय प्रमुख  शम्भुप्रसाद मरासिनिले यस्तो कठिन अवस्थामा पनि महासंघले तालिम उपलब्ध गराउन लागेकोमा खुशी व्यक्त गर्नु हुँदै यसले सरकार र महासंघ वीचको सहकार्यलाई थप उजागर गरेको बताउनु भयो । साथै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा स्वागत मन्तव्य व्यक्त गर्दै प्रमुख भन्सार अधिकृत कर्ण प्रसाद तिमिल्सिनाले यस प्रशिक्षणको महत्व बारे प्रकाश पार्नु भएको थियो ।

महासंघका अध्यक्ष रमेश महर्जनले आयात निर्यातसंग सम्बन्धित सरकारी निकायहरु सो सम्बन्धित क्षेत्रको पर्याप्त विज्ञ भइदिएमा व्यवसायिहरुलाई पनि सहज हुने भंसार कार्यालय जस्तो Import को Entrance / Export को Exit को मुख्य नाकामा रहेको ठाँउमा यस किसिमको विज्ञताले आर्थिक वृद्धिलाई धेरै सहयोग पु¥याउने अपेक्षा गरिएको बताउनु भयो ।

साथै उहाँले व्यवसायीहरुसंग रहेको प्राविधिक ज्ञान नियामक निकायमा कार्यरत जनशक्तिका लागि शेयर गर्न पाएकोमा महासंघले आफ्नो एउटा जिम्मेवारी अन्तर्गत लिएको बताउनु हुँदै महासंघका प्रदेश र जिल्ला संघ मार्फत यस कार्यलाई देशका अन्य आवश्यक स्थानहरुमा पनि विस्तार गर्न सकिने बताउनु भयो ।

यसरी प्रशिक्षणको अवसर दिनु भएकोमा नेपाल सरकार, अर्थ मन्त्रालय, भन्सार विभाग अन्तर्गतको त्रिभुवन विमानस्थल भंसार कार्यालय प्रति आभार व्यक्त गर्नुभयो ।

सो अवसरमा महासंघका प्रथम उपाध्यक्ष रुद्ध बहादुर बराईलीले यस कार्यलाई एउटा उदाहरणीय शुरुवातको रुपमा लिनुपर्ने बताउनु भयो ।

तालिममा महासंघका केन्द्रिय कार्यसमिति सदस्य मीन बहादुर तामाङले सुनचाँदीका गहनाको एवं GIA Gemologist रिकेन महर्जनले हीरा तथा रत्न पत्थर परीक्षण सम्बन्धि प्राविधिक प्रशिक्षण दिनु हुनेछ ।

यस तालिमबाट भन्सार चेक जाँचमा ठूलो सहयोग हुने पनि अपेक्षा राखिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari