पाटनमा अनसनरत एक युवा अस्पताल भर्ना
A view of Tribhuvan University Teaching Hospital, in Maharajgunj, Kathmandu, on Wednesday, January 31, 2018. Photo: Sandeep Sen
काठमाडौं । कोरोना महामारी नियन्त्रणमा सबल व्यवस्थापन माग राख्दै पाटनमा अनसन बसेका तीनमध्ये एक युवाको अवस्था चिन्ताजनक भएपछि अस्पताल भर्ना गरिएको छ ।
पाटन दरबार स्क्वायरको कृष्णमन्दिर अगाडि पाटीमा शुक्रबारदेखि ’इनफ इज इनफ’का अभियन्ता इसान ’ई’ सहित तीन युवा अनसनमा बसेका थिए ।
उनीहरूमध्ये ३५ वर्षीय सुदन गुरूङ बिरामी परेपछि उनलाई सोमबार राति महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको हो ।
सोमबार दिउँसो नियमित स्वास्थ्य जाँच गराउने क्रममा गुरूङको किड्नीमा समस्या देखिएपछि अस्पताल लग्न डा. दीपक श्रेष्ठले सुझाव दिएका थिए।
तर पनि उनले आफ्नो अनसनलाई निरन्तरता दिन खोजेका थिए । राति बेहोश भएपछि उनलाई साढे आठ बजे टिचिङ अस्पताल लगिएको हो ।
हाल पाटनमा सुबानी सिजापति भने अनसनरत नै छन् । उनीहरू सँगै दुई युवा रिले अनसनमा थपिएका छन् ।
उनीहरूले कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै शान्तिपूर्ण आन्दोलन गरेका थिए र पछि अभियन्ता ईले अनसन सुरू गरेका हुन्।



























