stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

१९ गते पत्रकारकाे बृहत प्रर्दशन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारकाे पेशाकाे सुरक्षा र अधिकारका लागि आउँदाे  १९ गते शुक्रबार बबरमहलमा बृहत् प्रर्दशन गर्ने भएकाे छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गाेविन्द आचार्यकाे अध्यक्षतामा साेमबार बसेकाे उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैंठकले पत्रकारलाई पीडा दिने सञ्चारगृहलाई दवाव हाेस् भनेर प्रर्दशन गर्न लागेकाे हाे ।

यसैगरी बैठकले ती सञ्चारगृहमा आगामी असार २० गतेदेखि आकस्मिक रुपमा धर्ना, घेराउ र कालो व्यानर राख्ने लगायतका विरोध कार्यक्रमका कार्यतालिका तय गरेकाे महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । आन्दोलनका लागि महासंघले यसअघि सञ्चारगृहहरुमा समयसिमा सहित बुझाएको अल्टिमेटमको समिक्षा समेतका आधारमा आगामी असार १९ गते काठमाडौंको बबरमहलमा श्रमजीवि पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्न वृहत प्रर्दशन गर्ने निर्णय गरेकाे छ ।

बैंठकमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना (कोभिड–१९) को संक्रमणले सञ्चारक्षेत्रमा परेको असर र श्रमजीवि पत्रकारको पेशागत सुरक्षाको विषयमा गम्भीर छलफल तथा समिक्षा भएकाे थियाे ।

विशेषगरी लकडाउनको अवधिमा श्रमजीवि पत्रकारलाई निश्कासन गर्ने, वेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौति गर्ने, काम गर्ने वातावरण नदिने, जिम्मेवारी विहिन गराउने जस्ता जटिल समस्या छन् ।

महासंघले श्रमजीवि पत्रकारको हक अधिकार संरक्षणका लागि सशक्त आन्दोलनमा उत्रने निर्णय यसअघि नै लिइसकेको छ ।

यस्तै श्रमजीवि पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल सरकार, संसद, पेशागत संघसंगठन, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे), अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) लगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायलाई ऐक्यवद्धताका लागि आग्रह गर्ने निर्णय समेत भएको बताइएकाे छ ।

prabhu mahalaxmi
kumari bank
kumari