कोरोना कोषमा नेपाल जग्गा तथा आवास विकास संघको सहयोग
काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल जग्गा तथा आवास विकास संघले सहयोग गरेको छ। संघले उक्त कोषमा ३१ लाख रुपैयाँ सहयोग गरेको जनाएको छ ।
संघका अध्यक्ष मीनमान श्रेष्ठले अर्थमन्त्री डा. युवराज खतिवडालाई अर्थ मन्त्रालयमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। उक्त सहयोग रकम विभिन्न व्यक्ति, संघ–संस्था एवं प्रतिष्ठानहरुबाट सहयोग रकम जम्मा गरिएको थियो।





























