stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य १० प्रतिशतले बढे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य १० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको फागुन महिनाको तुलनामा चालु आवको फागुन मसान्तसम्म अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ९=४ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ८३=९५ अमेरिकी डलरमा पुगेको छ ।

गत वर्ष सो अवधिमा अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल तेलको मूल्य ७६=७७ अमेरिकी डलर रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्ने गर्छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको प्रभाव स्वतः स्थानीय बजारमा पर्ने गर्छ । नेपालमा इन्डियन आयल कर्पोरेसन(आइओसी) ले पठाएको मूल्यका आधारमा नेपाल आयल निगमले स्थानीय बजारमा मूल्य निर्धारण गर्ने गर्छ । निगमले आइओसीबाट पेट्रोलियम पदार्थ खरिद गरी नेपालमा ल्याएर वितरण गर्ने गर्छ ।

आइओसीले पठाएको मूल्यको आधारमा निगमले बजारमा इन्धनको मूल्य निर्धारण गर्छ । आइओसीले पठाएको मूल्य घटेर आए घट्ने र बढेर आए बढ्ने गर्छ । गत १ अप्रिलमा इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्य अनुसार पेट्रोलको मूल्य चार रुपियाँ ७६ पैसा बढेर आएकाले निगमले स्थानीय बजारमा प्रतिलिटर चार रुपियाँ पेट्रोलमा मूल्य बढाएको थियो ।

पछिल्लो एकरडेढ महिनादेखि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेका कारणले निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्दै आएको छ ।

निगमलाई खाना पकाउने एलपिजी ग्यासमा प्रतिसिलिन्डर २९६ रुपियाँ घाटा भए पनि अन्य पेट्रोलियम पदार्थमा भने नाफा रहेको छ । हाल बजारमा पेट्रोल प्रतिलिटर १७५, डिजेलरमटितेल प्रतिलिटर १५७ रुपियाँ रहेको छ ।

इन्धन आयात छ प्रतिशतले घट्यो

चालु आर्थिक वर्षको आठ महिनामा पेट्रोलियम पदार्थको आयात छ प्रतिशतले घटेको छ । बजारमा पेट्रोलियम पदार्थको खपत न्यून हुँदा आयातमा समेत कमी आएको हो ।

भन्सार विभागको तथ्याङ्क अनुसार आठ महिनामा एक खर्ब ९० अर्ब ४६ करोड ७६ लाख ३३ हजार रुपियाँको आयात भएको छ । गत वर्ष सो अवधिमा दुई खर्ब दुई अर्ब ८१ करोड १२ लाख ११ हजार रुपियाँको पेट्रोलियम पदार्थ आयात भएको थियो ।

आठ महिनामा दुई खर्ब रुपियाँभन्दा बढीको खनिज इन्धनबाट राज्यले ७६ अर्ब चार करोड ९३ लाख रुपियाँ राजस्व सङ्कलन भएको छ । विभागका अनुसार आठ महिनाको अवधिमा ४४ अर्ब ६३ करोड ६७ लाख रुपियाँको पेट्रोल आयात भएको छ ।

यस्तै ८८ अर्ब ८८ करोड रुपियाँभन्दा बढीको डिजेल आयात भएको छ । १३ अर्ब ७५ करोड रुपियाँभन्दा बढीको हवाई इन्धन आयात भएको छ ।

यस्तै ७६ करोड १९ लाख रुपियाँ बराबरको मटितेल आयात भएको छ भने ३५ अर्ब ८७ करोड रुपियाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ ।

पेट्रोलको आयात बढे पनि बजारमा खपत न्यून हुँदा डिजेलको आयातमा उलेख्य कमी आएको छ । विकास निर्माणको काम नियमित रूपमा नहुँदा डिजेलको खपत १७ प्रतिशतले कमी आएको छ ।

नेपाल आयल निगमका अनुसार विद्युतीय गाडीको प्रयोगले डिजेलको खपतमा कमी आएको छ । विशेष गरी डिजेल विकास निर्माण, औद्योगिक क्षेत्र, मालवाहक र ठुला सवारीसाधनमा बढी प्रयोग हुने गर्छ ।

औद्योगिक क्षेत्रमा २५ देखि ३० प्रतिशतले डिजेल खपत हुने गरेको छ । पछिल्लो समय बिजुलीका सवारीसाधनको प्रयोग बढ्दै गएकाले पनि डिजेलको खपतमा कमी आएको हो ।

prabhu mahalaxmi
kumari