citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

जगदम्बा स्टील्स र इन्फिनिटी फाउन्डेसनले गर्यो सेती प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटन

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । जगदम्बा स्टील्स लिमिटेडले इन्फिनिटी फाउन्डेसनसँगको साझेदारीमा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा ठुलो क्षमताको प्रविधियुक्त अक्सिजन प्लान्टको उद्घाटन गरेको छ ।

उक्त प्लान्ट निःशुल्क उपलब्ध गराई सहयोग स्वरूप हस्तान्तरण गरी एक समारोहबिच उद्घाटन गरिएको हो ।

अक्सिजन आवश्यक परेका बिरामीहरूलाई समयमै अक्सिजन उपलब्ध गराउने उदेश्यस्वरुप यस प्लान्टको स्थापना गरिएको बताइएको छ ।

उद्घाटन समारोहमा सेती प्रादेशिक अस्पताल, धनगढीका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. खगेन्द्रराज भट्ट, सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाह
(निर्मल) तथा जगदम्बा स्टील्स लिमिटेडका जनसम्पर्क उपाध्यक्ष  कृष्णदत्त भट्टस कानुन प्रबन्धक  कम्पनी सचिव  विजय तिमल्सेना र जगदम्बा स्टील्सका बिक्री प्रतिनिधि श्री नवीन पाण्डे लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

himalayan life insurance
igi long