citizens life insurance long ad
stcnepal long ad
national life
global bank

अनुगमनको नाममा व्यवसायीलाई अनावश्यक दुःख नदिन अध्यक्ष ढकालको आग्रह

Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजस्व कम उठेपछि सरकारी निकायले व्यवसायीलाई अनावश्यक दुःख दिएको बताएका छन् ।

उनले मंगलबार अर्थमन्त्री वर्षमान पुनसँगको भेटमा सदस्यहरूले अनावश्यक अनुगमन बढेको जानकारी दिएको बताएका हुन् ।

पछिल्ला दिनमा अनावश्यक अनुगमन बढेको सदस्यहरूबाट गुनासो महासंघमा परेको ढकालले मन्त्री पुनलाई बताए ।

सरकारको राजस्व संकलनमा कमी आएपछि सरोकारवाला निकायले व्यवसायीलाई समस्यामा पारेको उनले बताए । ढकालले निजी क्षेत्रले सुव्यवस्थित रूपमा काम गर्न नसके व्यवसाय मात्र नभई सरकारको राजस्वमा समेत असर पर्ने बताए ।

अध्यक्ष ढकालले मुलुकमा उद्योग, व्यवसाय सञ्चालनका लागि उपयुक्त वातावरण बनाउन पहल गर्न अर्थमन्त्री पुनलाई आग्रह गरे । उनले अहिले मुलुकले बढीभन्दा बढी स्वदेशी तथा विदेशी लगानी भित्र्याउने समय आएको बताए ।

जवाफमा अर्थमन्त्री पुनले यो विषयलाई गम्भीरतापूर्वक हेर्ने बताए । उनले निजी क्षेत्रलाई जसरी पनि सहयोग गर्न सरकार सँधै तत्पर रहेको बताए ।

मन्त्री पुनले राजस्व संकलनको लागि व्यवसायीलाई अनावश्यक दुस्ख नदिने पनि आश्वासन दिएको बताइएको छ ।

अर्थमन्त्री पुनले देशको अर्थतन्त्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको बताए ।

himalayan life insurance
igi long