citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

अधिकांस पहाडी भेगमा वर्षा, बाँकी क्षेत्रको मौसम सफा रहने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आज आंशिक बदली हुनेछ । कोशी,बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा भने मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने महाशाखाको अनुमान छ ।

सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागको केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १३ डिग्री १ सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव १ डिग्री पुग्ने अनुमान गरिएको छ ।

himalayan life insurance
igi long