stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

निगमका कार्यकारी अध्यक्ष अधिकारीले बुझाएको स्पष्टीकरण अध्ययन गर्दै प्राधिकरण

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष स्पष्टीकरण बुझाएका छन् । अधिकारीले सोमबार स्पष्टीकरणसहितको पत्र प्राधिकरणमा बुझाएका हुन् ।

निगमले हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै कार्यकारी अध्यक्ष अधिकारीलाई प्राधिकरणले स्पष्टीकरण सोधेको थियो । प्राधिकरणले गत चैत १३ गते २७ बुँदामा सात दिने स्पष्टीकरण सोधेको हो ।

निगमका कार्यकारी अध्यक्षले स्पष्टीकरण पत्र बुझाएको र यसबारे अध्ययन भइरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ छरछैन अध्ययन गरेर अघि बढ्ने भुलले बताए ।

prabhu mahalaxmi
kumari