stcnepal long ad
national life

अनलाइन पटके इजाजत पत्र भुक्तानी प्रणालीको शुभारम्भ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बागमती प्रदेश सरकारले अनलाइन प्रणालीबाटै बाटो इजाजत पत्र उपलब्ध गराउने भएको छ ।

मंगलबार यातायात व्यवस्था सेवा कार्यालय भक्तपुरमा आयोजित कार्यक्रमकाबीच बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले अनलाइन पटके इजाजत पत्र भुक्तानी प्रणालीको शुभारम्भ गरे ।

सो अवसरमा मन्त्री लम्सालले कार्यालयमा नगई अनलाइनमै इजाजत पत्र पाइने व्यवस्थाले सेवाग्राहीलाई सहज हुने बताए ।

यातायात व्यवसायी, ट्राफिक प्रहरी र सरोकारवालासँग पटक पटकको छलफल पछि पटके इजाजतलाई पारदर्शी र व्यवस्थित बनाउन अनलाइन प्रणाली शुरु गरिएको बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

 

gold
kumari bank
kumari
nawakantipur long