citizens life insurance long ad
macchha(MBL)
Himalayan bank
global bank
nabil bank

फागुको खुसियालीः एनसेलको इण्डिया रोमिङ् प्याकमा होली छुट अफर, विशेष भिडियो सन्देश

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । एनसेलले फागु पुर्णिमा अर्थात होली पर्वको अवसरमा होली अफर ल्याएको छ । यस अफर अन्तर्गत एनसेलले आफ्ना ग्राहकहरुलाई इण्डिया रोमिङ् प्याकमा २५ प्रतिशत छुट दिएको छ । यो अफर मार्फत ग्राहकहरूले अझ सुलभ शुल्कमा इण्डिया भ्रमणमा रहँदा सहजै सम्पर्कमा रहन सक्छन् ।

आज शुक्रबार (चैत ९) बाट संचालनमा आएको यो छुट योजनामा ग्राहकले कर सहित रु १०० पर्ने इण्डिया रोमिङ् प्याक अब मात्र रु ७५ सुचारु गर्न सक्छन् । विविध प्रयोजनका लागि छिमेकी मित्रराष्ट्र भारतको भ्रमणमा बारम्बार जाने ग्राहकले यो प्याक लिएर आफ्नो दूरसञ्चार सेवा खर्चमा कटौती गर्न सक्छन् ।

होली पर्वको अवसरमा, एनसेलले विशेष सन्देशमूलक भिडियो पनि सार्वजनिक गरेको छ । भिडियोमा नयाँ पुस्ताले दूरसञ्चार प्रविधिको प्रयोगमार्फत कसरी बुवाआमाको विगतका खुसीलाई वर्तमानमा पनि स्थापित गर्न सक्छन् भन्ने सन्देश छ ।

सन्तानका हरेक खुसीका लागि समर्पित हुँदाहुँदै जीवन बिताएका बुवाआमालाई तिनै सन्तानले दिएको एउटा खुसी पनि कति महत्त्वपूर्ण हुन्छ भन्ने कुरा भिडियोमा देख्न सकिन्छ ।

भिडियो सन्देशले पर्वलाई विषेश बनाउने र होली छुट अफरले भारत भ्रमणका बेलामा पनि ग्राहकलाई सुलभ शुल्कमा सम्पर्कमा रहिरहन योगदान पु¥याउने विश्वास एनसेलले लिएको छ ।

यो प्याक सुचारु गरेपछि प्रतिदिन रु २५ का दरले ३ दिनसम्म रोमिङ् सेवाको पहुँचबाट फाइदा लिन सकिन्छ । यतिमात्र नभई, प्याकका साथ ग्राहकले तत्काल ५०० एमबी डेटा पाउँछन् जसले सामाजिक सञ्जाललगायतका माध्यमहरु मार्फत सम्पर्कमा सहिरहन मद्दत गर्दछ । साथै भ्वाइस र एसएमएस सेवाको शुल्कमा पनि भारी छुट पाउँछन् ।

यो प्याकमा इनकमिङ् कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयूगो शुल्कमा ३२ प्रतिशत छुट रहेको छ । यसको मतलब ग्राहकले कर सहित मात्र रु १६.४८ प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन् । साथै पेएजयूगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र कर सहित रु ६.३४ मा एसएमएस पठाउन सकिन्छ ।

ग्राहकहरुले सजिलै एष्ट्रिक्स १७१२९ एष्ट्रिक्स ५ह्यास डायल गरि यो प्याक लिन सक्छन् । त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्महरुमार्फत पनि सुचारु गर्न सकिन्छ ।

यो प्याकले हाम्रा सीमावर्ती सहरहरू जस्तै वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगर, जनकपुर आदी शहरहरुबाट बारम्बार भारत भ्रमण गर्ने स्थानियबासी, साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकहरुको रोमिङ सेवाको मागलाई सम्बोधन गर्दछ । त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानु पर्ने ग्राहकहरुलाई पनि विशेष महत्व राख्दछ ।

एक पटक सुचारु गरेपछि प्याक ३ दिनका लागि मान्य रहने यो प्याक ग्राहकले आफ्नो आवश्यकता वा भारत बसाईको आधारमा जति पटक पनि यो प्याक लिएर होली अफरको छुटबाट फाइदा लिनसक्छन् ।
फागु पूर्णिमा विशेष भिडियो सन्देश हेर्न यहाँ क्लिक गर्नुहोस्

gold
himalayan life insurance long ad