stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

५० हजार घुस सहित इन्स्पेक्टर पक्राउ

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्ट घुस सहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले उनीहरूलाई ५० हजार रुपैयाँ घुस सहित बिहीबार रंगेहात पक्राउ गरेको हो ।

अख्तियारको टोलीले प्रहरी निरीक्षक कार्की र कानुन व्यवसायी विष्टलाई धनगढी उपमहानगरपालिका वडा नं. १ स्थित लिगल एडभोकेट सर्भिस सेन्टरबाट पक्राउ गरेको हो । उनीहरूमाथि अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

प्रहरी कार्यालयमा परेको मुद्दामा सहजीकरण गरिदिने भन्दै कानुन व्यवसायी विष्ट मार्फत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले प्रहरी निरीक्षक कार्कीमाथि निगरानी बढाएको थियो ।

prabhu mahalaxmi
kumari bank
kumari