stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं  । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा थप नयाँ २५ जनामा कोरोना पुष्टि भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २१ जना तनहुँमा २ जना, स्याङ्जा र बाग्लुङमा एक(एक जनामा कोरोना पोजेटिभ देखिएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ७ सय ९२ पुगेको छ ।

निर्देशक डा. शर्माका अनुसार नवलपरासीका गौंडाकोट नगरपालिकाकामा २३ वर्षदेखि ५३ वर्षसम्मका ७ जना पुरूषहरूमा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै कावासेती नगरपालीकामा १८ वर्षदेखि ५८ वर्षसम्मका १२ पुरूषहरूसँगै २५ र ३५ वर्षीया महिलाहरूमा कोरोना पुष्टि भएको छ ।

स्याङ्जाका कालिण्डकी गाउँपालिकामा १ जना ५८ वर्षीय पुरूष, तनहुँको व्यास नगरपालिकाका ३० र ४९ वर्षीय पुरूषहरूमा कोरोना पुष्टि भएको छ । त्यस्तै बाग्लुङको बरेंङ गाउँपालिकाका २३ वर्षीय युवामा कोरोना पोजेटिभ देखिएको छ ।

शर्माका अनुसार उनीहरु सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरू सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

 

prabhu mahalaxmi
kumari bank
kumari