citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

युके पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । युके पठाइदिन्छु भन्दै २९ लाख ८८ हजार रूपैयाँ ठगी गरेको अभियोगमा मोरङ उर्लाबारी नगरपालिका–९ घर भई ललितपुर महानगरपालिका–२५ भैसेपाटी बस्ने ३४ वर्षीया लक्ष्मी लिम्बुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लिम्बुले ४ जनालाई वैदेशिक रोजगारीका लागि युके पठाई मासिक ४ लाख २० हजार रूपैयाँ तलबमा केयर गिभरको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई ललितपुर भैसेपाटीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यसैगरि दुबई पठाइदिन्छु भन्दै ५ लाख ७५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा नवलपरासी कावासोती नगरपालिका–१७ घर भई काठमाडौं टोखा नगरपालिका–६ ग्राण्डी बस्ने ४४ वर्षीया सुशिला राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले २ जनालाई वैदेशिक रोजगारीका लागि दुबई पठाई प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका(६ ग्राण्डीबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

यस्तै माल्दिभ्स पठाइदिन्छु भन्दै ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा म्याग्दी बेनी नगरपालिका–४ घर भई काठमाडौं टोखा नगरपालिका–६ बस्ने ३८ वर्षीय सुनिल शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

शाहीले १ जनालाई वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाई प्रतिष्ठित कम्पनीमा ड्राइभिङमा मासिक ७० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

himalayan life insurance
igi long