stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

बालबालिकालाई अब झाडापखाला विरुद्ध ‘रोटा खोप’

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । झाडापखाला विरुद्धको ‘रोटा खोप’ नेपालमा पहिलो पटक  सुरु गरिने भएको छ । बच्चा जन्मेको ६ सातामा पहिलो मात्रा र १० सातामा दोस्रो मात्रा दिइने गरी यही असार महिनादेखि नै सो खोप दिन लागिएको हो ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार नियमित खोप अभियान अन्तर्गत रोटा खोप दिइनेछ ।

‘यो खोप ‘रोटा खोप’ बच्चाहरूलाई मुखबाट दिइन्छ डा. गौतमले भने,। केन्द्रीय स्टोरबाट खोपहरू  प्रदेशमा पठाइ सकिएको छ । प्रदेशले जिल्लामा पठाउँछ । केही दिनमै खोप दिइने तयारी छ ।’

चिकित्सकका अनुसार पाँच वर्षमुनिका बालबालिकामा देखिने झाडापखालाको प्रमुख कारणमध्ये रोटा भाइरस एक हो । सरकारले   पाँच वर्षमुनिका देशभरका सम्पूर्ण बालबालिकालाई खोपको पहुँचमा ल्याउन र नयाँ रोग विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले रोटा भाइरस विरुद्धको खोपलाई नियमित अभियान अन्तर्गत अघि सारेको थियो ।

नियमित रूपमा ११ वटा रोग विरुद्ध निःशुल्क खोप दिइँदै आएकामा अब रोटा भाइरसबाट हुने पखाला विरुद्धको खोप थप गरिएको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. गौतमले बताए।,

prabhu mahalaxmi
kumari bank
kumari