stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

महानगर काठमाडौं प्लाजामा सर्दै, वार्षिक भाडा ६० लाख !

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । चार वर्षदेखि भाडाको घरमा बस्दै आएको काठमाडौ महानगरपालिका नेपाल ट्रस्टको स्वामित्वमा रहेको काठमाडौं प्लाजामा सर्ने भएको छ ।

काठमाडौं प्लाजामा कामपा मुख्यालय रहने भएपछि त्यहाँ रहेका बैक वित्तीय संस्था र अन्य कार्यालयलाई समस्या परेको छ । महानगरले जी टु जी (सरकार–सरकारबीच) सम्झौता अनुसार १० वर्षसम्मको लागि सो भवन भाडामा लिन लागेको हो ।

आफ्नो भवन तयार नहुन्जेलसम्म काठमाडौं प्लाजा भाडामा दिने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ । वार्षिक करिब ६० लाख ५० हजार रुपियाँ तिर्ने गरी सम्झौता गर्ने तयारी भइरहेको कामपाले जनाएको छ ।

कामपाका सहसचिव राजेश्वर ज्ञवालीले सरकारसँग सम्झौता भएपछि कार्यालय राख्न सहज हुने बताउनुभयो । उहाले भन्नुभयो–‘सम्झौता गर्ने अन्तिम तयारीमा छौं, सम्झैता भएको दुई महिनामा कार्यालय सार्नेछौं ।’‘विभिन्न स्थानमा छरिएको विभाग र महाशाखालाई एकै स्थानमा ल्याउन काठमाडौं प्लाजालाई छनोट गरेका हौं ।’सहसचिव ज्ञवालीले भन्नुभयो । उहाँका अनुसार नेपाल ट्रस्टको कार्यालयले खालि गराएको दुई महिनामा सबै कार्यालय सार्ने योजना छ । यो खबर आजकोनेपाल समाचारपत्रमा छापिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari