stcnepal long ad
national life

अमेरिकामा शुक्रबार बिहानसम्म कोरोना संक्रमित संख्या २५ लाख ४ हजार ५८८ पुग्यो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ  । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमित हुनेको कुल संख्या २५ लाख नाघेको छ । विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा शुक्रबार बिहानसम्म कुल संक्रमित संख्या २५ लाख ४ हजार ५८८ पुगेको छ ।

बिहीबार एकै दिन मात्र त्यहाँ ४० हजारभन्दा बढी जनामा संक्रमण पुष्टि भएको छ । यो अघिल्ला दिनहरूको तुलनामा निकै बढी हो । अमेरिकामा हालसम्मकै बढी दैनिक संक्रमणका केस बिहीबार नै फेला परेका हुन् ।

अमेरिकामा पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र हुँदै गए पनि भाइरस कमजोर हुँदै गएको बताइन्छ । किनकि संक्रमण दरको तुलनामा मृत्युदर घटिरहेको छ भने निको हुनेको संख्या पनि बढिरहेको छ ।

अहिलेसम्म अमेरिकामा १० लाख ५२ हजारभन्दा बढी मानिस पूर्ण रूपमा निको भइसकेको जनाइएको छ । पछिल्लो २४ घण्टामा ९बिहीबार० त्यहाँ ११ हजार मानिस निको भएका छन् । यद्यपि अझै १२ लाख २५ हजारभन्दा बढीमा कोरोना भाइरस सक्रिय रहेको छ ।

तर अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वमै अधिक रहेको छ । त्यहाँ हालसम्म १ लाख २३ हजार ७८० जनाको भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ ।

बिहीबार त्यहाँ कोरोनाबाट ६४९ जनाको मृत्यु भएको छ । मृत्युका केसहरूमा भने दैनिक उतारचढाब जारी छ । अघिल्लो दिन त्यहाँ ८१२ को मृत्यु भएको थियो ।

उता अमेरिकालाइ पछ्याइरहेको ब्राजिलमा भने संक्रमण दर तीव्र रूपमा बढिरहेकै छ । ब्राजिलमा पछिल्लो समय संयुक्त राज्य अमेरिकाको भन्दा पनि बढी दैनिक मृत्यु र संक्रमणका केस फेला परिरहेका छन् । बिहीबार त्यहाँ पनि दैनिक संक्रमित संख्या अमेरिकाकै हाराहारी ४० हजारबढी फेला परेका छन् ।

ब्राजिलमा बिहीबार एकै दिन ४० हजार ६७३ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसकै कारण त्यहाँ बिहीबार १ हजार १८० जनाको मृत्यु भएको छ । अघिल्लो दिन बुधबार पनि त्यहाँ १ हजार १०३ जनाको ज्यान गएको थियो भने ४० हजार ९ सयभन्दा बढी नयाँ संक्रमित थपिएका थिए ।

अहिलेसम्म ब्राजिलमा कोरोना संक्रमणका कारण कुल ५५ हजार ५४ जनाले ज्यान गुमाइसकेका छन् । तर त्यहाँ निको हुने दर पनि बढी छ । ब्राजिलमा हाल कोरोना संक्रमित कुल संख्या १२ लाख ३३ हजार नाघेको छ भने निको हुनेको संख्या ६ लाख ४९ हजार नाघेको छ । हाल त्यहाँ ५ लाख २८ हजार मानिस संक्रमित अवस्थामै छन् ।

gold
kumari bank
kumari
nawakantipur long