citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौ । मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको छ । सोह्रौ कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्न काठमाडौमा आयोजित समारोहमा मेरिना इम्पेक्सलाइ ‘बेष्ट टेलरिङ अवार्ड,२०८०’ प्रदान गरिएको हो ।

कर्पोरेट मिडिया ग्रुपले बिगत सोह्र बर्षदेखि बिभन्न बिधामा कर्पोरेट बिजनेस अवार्ड प्रदान गर्दै आएको छ ।

ग्रुपले यस बर्ष ‘कर्पोरेट बिजनेश अवार्ड, २०८०’ मा उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, पर्यटन, बैंक, इन्स्योरेन्स र नवउद्यमीलगायत विभिन्न क्षेत्रका २९ जना व्यक्ति व्यक्तित्वहरूलाई अवार्ड प्रदान गरेको हो ।

बेष्ट टेलरिङ अवार्डले ग्राहकमैत्रि सेवाका लागि थप प्रेरित गरेको मेरिना इम्पेक्सका अर्जुन बस्नेतले बताए ।

ग्राहकको चाहनालाइ बुझेर बिगत ४० बर्षदेखी स्तरिय शर्टिङ,शुर्टिङ तथा टेलरिङ्ग सेवा दिदै आएको र गुणस्तरमा  सम्झौता  नगर्ने भएकोले मेरिना इम्पेक्सले ग्रहकहरुको बिश्वास जितिरहेको उनले बताए ।

काठमाडौको न्युरोड, बागबजार, सामाखुसि र गाबहाल पाटनमा रहेका ४ शाखाबाट सेवा दिदै आएको  मेरिना इम्पेक्स बिभिन्न ब्यापारिक र शैक्षिक संस्थाहरुका युनिफर्मका लागि समेत परिचित छ ।

himalayan life insurance
igi long