citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कोरिया,हंगेरी र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad
काठमाडौं । कोरिया पठाइदिन्छु भन्दै ९ लाख रूपैयाँ ठगी गरेको अभियोगमा गोरखा, गोरखा नगरपालिका–१४ घर भई काठमाडौं सामाखुशी बस्ने ३५ वर्षीय बाबुराम थापालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
थापाले ३ जनालाई वैदेशिक रोजगारीका लागि कोरिया पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक २ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
यसैगरि हंगेरी पठाइदिन्छु भन्दै २ लाख ७४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा रौतहट माधव नारायण नगरपालिका–३ घर भई काठमाडौं कुलेश्वर बस्ने २७ वर्षीय चन्दन कुमार श्रेष्ठलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीका लागि हंगेरी पठाई प्रतिष्ठित कम्पनीमा मासिक १ लाख २० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं कुलेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
यस्तैगरि पोर्चुगल पठाइदिन्छु भन्दै १७ लाख ६० हजार रूपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–२६ मित्रनगर बस्ने २३ वर्षीय टिका बहादुर भण्डारीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भण्डारीले २ जनालाईवैदेशिक रोजगारीका लागि पोर्चुगल पठाई प्रतिष्ठित कृषि कम्पनीमा मासिक १ लाख ५० हजार रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुल्न आएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मित्रनगरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
himalayan life insurance
igi long