sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

१२ अर्ब रुपैयाँ ऋणका लागि विश्व बैंकसँग सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । विश्व बैंकले दिने करिब १२ अर्ब रुपैयाँ बराबरको सहुलियत ऋण सहायताका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुशलता अभिवृद्धिक लागि विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्था आइडीएले दिने १२ अर्ब रुपैयाँ सहुलियतऋण सहायताका लागि हस्ताक्षर भएको हो ।

नेपालका तर्फबाट अर्थ  सचिव शिशिर कुमार ढुंगाना र बैंकका देशीय निर्देशक फारिस हाजाड जेर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कोरोना संकट विरुद्ध लड्न र विद्युत क्षेत्रका लागि विश्व बैंकले ऋण सहयोग गरेको हो । प्राप्त ऋण सहायताले नेपालमा भरपर्दो र दिगो विद्युतले गरिबी न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । विश्व बैंकले डेभलभमेन्ट पोलिसी क्रेडिट अन्तरर्गत नेपाललाई सहयोग गर्दै आएको छ ।

gold
nawakantipur long