stcnepal long ad
ime life insurance
national life
global ime bank long

कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुद यस वर्ष पनि साउदी अरबमा हज आयोजना हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका बाबजुद यस वर्ष पनि साउदी अरबमा हज आयोजना हुने भएको छ । साउदी

अरब सरकारको हज मन्त्रालयले सोमबार सूचना जारी गरी सीमित हाजीलाई मात्र हज गर्न अनुमति दिइने जानकारी दिएको छ । यसै सूचनामा कोरोना संक्रमणको महामारीका कारण अन्य देशका हाजीलाई साउदी अरब आउन अनुमति दिइएको छैन ।

साउदी सरकारका अधिकारीहरुले यस वर्ष देशभित्रका नागरिकहरुलाई सामाजिक दुरी कायम गरी हज गर्ने व्यवस्था मिलाउने बताएका छन् । कोरोना संक्रमण रोक्नका लागि सुरक्षाका धेरै उपाय अपनाइने छ ।

साउदी अरबको मक्कामा हरेक वर्ष हज आयोजना हुन्छ । मुस्लिम समुदायको पवित्र धार्मिक स्थान मक्कामदिनामा हज गर्न नेपाली नागरिकहरुसमेत जाने गर्दछन् ।

इस्लामिक क्यालेन्डर चन्द्रमाको हिसाबमा परिवर्तन भइरहन्छ । तर हज बकर ईदको समयमा हुन्छ । यस पटक हजको आयोजना अगस्टको पहिलो हप्तामा आयोजना हुँदै छ ।

इस्लामका पाँच मूलभूत स्तम्भ छन् । यसमा सबैभन्दा अन्तिम हजलाई मानिन्छ । शारीरिक रुपमा ठीक र आर्थिक रुपमा सम्पन्न मुसलमान जीवनमा कम्तिमा एक पटक हज गर्ने इच्छा व्यक्त गर्दछन् ।

हजका लागि हरेक वर्ष २० लाखभन्दा धेरै मुसलमान साउदी अरबको मक्का पुग्छन् । यस वर्ष भने हज गर्नेहरुको संख्या कम हुने निश्चित छ ।

IME Lifesidebar
kumari