sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

सरकारी छाप तथा कागजपत्र कीर्ते गरेको आरोपमा एकजना पक्राउ

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नवलपरासी पूर्वमा विभिन्न सरकारी कार्यालयको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

विनयी त्रिवेणी गाउँपालिका–४, बैरेनी बस्ने गोरखाको सहिद लखन गाउँपालिका–६ घर भएका ३२ वर्षीय आकाशचन्द्र परियारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

परियारले सरकारी कार्यालयहरूको छाप तथा कागजपत्र कीर्ते गरी ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

इलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनलाई विनयी त्रिबेणी गाउँपालिका–१, दुम्किबास बजारबाट पक्राउ गरेको हो ।

साथै उनको घर तलासी गर्दा सरकारी छाप दस्तखत कीर्तेसम्बन्धी कसुरमा प्रमाण लाग्ने विभिन्न प्रकारका सामानहरू समेत बरामद गरिएको जनाइएको छ ।

gold
prabhu bank
nawakantipur long