सन नेपाल लाइफ इन्स्योरेन्सको ३३ करोड नाफा

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा ३२ करोड ८४ लाख रुपियाँ खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ३९ लाख रुपियाँ नाफा गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले १ अर्ब ७७ करोड ९५ लाख रुपियाँ बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ९६ करोड ४८ लाख रुपियाँ बीमाशुल्क आर्जन गरेको थियो ।
त्यसैगरी, दोस्रो त्रैमाससम्ममा कम्पनीले ५४ करोड ६५ लाख रुपियाँ दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा यस्तो दाबी भुक्तानी ३७ करोड ८४ लाख रुपियाँ थियो ।
कम्पनीको चुक्ता पुँजी ३ अर्ब २० करोड रुपियाँ, शेयर प्रिमियममा १ अर्ब २६ करोड रुपियाँ र जीवन बीमा कोष ६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २०.५२ रुपियाँ, प्रतिशेयर नेटवर्थ १८७.०४ रुपियाँ र मूल्य आम्दानी अनुपात २८.०९ गुणा रहेको पनि वित्तीय विवरणमा उल्लेख छ।