सेयरधनीको बैंक खातामा हिमालयन डिष्टिलरीको नगद लाभांश जम्मा

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (कर सहित) खातामा पठाएको छ ।
डिष्टिलरी कम्पनीले माघ ३ गतेदेखि हितग्राही खातामा बैंक खाता अपडेट गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो ।
डिष्टिलरी कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ ।
त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ । कम्पनीको पुस २५ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
बोनस सेयर भने सूचीकरण भएपछि सम्बन्धित सेयरधनीको हितग्राही खातामा पठाइनेछ ।