macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

ग्लोबल आइएमई लघुवित्तको ब्याज आम्दानी बढे पनि खुद नाफा २६.५८ प्रतिशतले घट्यो

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई लघुवित्तको नाफा २६.५८५ ले घटेर ४ करोड ७८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले ६ करोड ५१ लाख रुपैयाँ रहेको थियो ।

यसअवधिमा खुद ब्याज आम्दानी १०.५०% ले बढेर २८ करोड ६३ लाख रुपैयाँ पुगेको छ । यद्दपि, इम्पेयरमेन्ट चार्ज ७ करोडबाट बढेर १० करोड ५९ लाख रुपैयाँ पुगेपछि सञ्चालन नाफा २६.६६% ले घटेको छ ।

जसका कारण खुद नाफा प्रभावित बनेको हो । हाल यसको चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोष २५.७५% ले घटेर ५० करोड १८ लाख रुपैयाँमा आएको छ ।

पुस मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ८.१२ रुपैयाँले घटेर १५.४६ रुपैयाँ कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १८१.०९ रुपैयाँ छ ।

himalayan life insurance
igi long
NTA long ad