stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेड को प्रथम बार्षिक साधारण सभा सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनी सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेड को प्रथम बार्षिक साधारण सभा २०८० पौष २८ गते शनिवार सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडको कार्यालय परिसर कुपण्डोलमा कम्पनीको संचालक समितिको अध्यक्ष सप्तमान बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको छ ।

सो साधारण सभाबाट कम्पनीको आर्थिक वर्ष २०७५/७६ देखि आर्थिक वर्ष २०७९/८० सम्मको वासलात, नाफा नोक्सान हिसाब लगायत अन्य वित्तीय विवरण स्विकृत भएको छ । साथै कम्पनीको संचालक समिति माचार जना संचालकहरु रामधन श्रेष्ठ, सप्तमान बज्राचार्य, श्रीमति सिजु शाक्य, र सृजेश ज्ञवाली निर्विरोध निर्वाचित हुुनु भएको छ ।

नेपाल धितोपत्र बोर्ड बाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१)सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोल बाट आफ्ना ग्राहकहरुलाई धितोपत्र कारोवार सेवा दिदै आईरहेको छ ।

साथै यस कम्पनीले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सम्पूर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्ने फाराम भरी पठाउन सक्ने सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाखभन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

 

 

prabhu mahalaxmi
kumari