stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नागमती बाँध निर्माण प्रक्रिया सुरु

Nimb long ad
Prabhu Insurance Long Ad

मूलखर्क (काठमाडौँ)। काठमाडौँको गोकर्णेश्वर नगरपालिका मूलखर्कमा प्रस्तावित नागमती बाँधको निर्माण प्रक्रिया अगाडि बढेको छ । बाँध निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृतिको अन्तिम चरणमा छ ।

बाँध निर्माण गरिने ठाउँको स्थलगत अनुगमनका क्रममा बागमती सुधार आयोजना, आयोजना कार्यान्वयन सिँचाइ एकाइका इन्जिनियर निश्चल छत्कुलीले भन्नुभयो, “बाँध निर्माणका लागि शिवपुरी राष्ट्रिय निकुञ्जबाट स्वीकृति प्राप्त भइसकेको छ ।

वन तथा वातावरण मन्त्रालयमा इआइएको प्रतिवेदन पेस भइसकेको छ ।” प्रतिवेदनबारे सुझाव दिन मन्त्रालयले यसअघि सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ । मन्त्रालयले बनाएको वातावरणीय प्रतिवेदन सुझाव समितिबाट सुझावसमेत प्राप्त भइसकेको छ ।

उहाँले अगाडि भन्नुभयो, “सुझाव अनुसार प्रतिवेदनलाई परिमार्जनसहित मन्त्रालयमा बुझाएको ३५ दिनभित्र स्वीकृत गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । इआइए स्वीकृतसँगै आर्थिक सुनिश्चिता पछि निर्माणका लागि बोलपत्र आह्वान गरिने छ ।” उहाँले आगामी सन् २०२५ को जुलाईबाट भौतिक रूपमा निर्माण सुरु गरिने भए पनि सन् २०२४ कै जुलाईबाट पहुँच मार्ग निर्माण तथा रुख काट्ने काम सुरु गरिने जानकारी दिनुभयो । करिब २५ अर्ब रुपियाँको लगानीमा यो बाँध निर्माण गरिने छ ।

उहाँका अनुसार यस आयोजनाको बाँध नागमती नदी र बागमती नदीको सङ्गम स्थलभन्दा तीन किलोमिटरमाथि मूलखर्क गाउँनजिक गोकर्णेश्वर नगरपालिका–१, काठमाडौँमा रहेको नागमती नदीमा शिवपुरी राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिने छ । यो आयोजनास्थल समुद्री सतहबाट एक हजार ४१० मिटरदेखि एक हजार ९११ मिटर

उचाइमा अवस्थित छ । प्रस्तावित बाँधको उचाइ ९४.५ मिटर, लम्बाइ ५५४ मिटर र व्रmेस्टमा सात मिटर चौडाइ हुने छ ।

बाँध निर्माणबाट ९४.८४ लाख घनमिटर जल भण्डारण क्षमताको जलाशय बन्ने छ । त्यसै गरी यस आयोजनाबाट १.८६ मेगावाट विद्युत् शक्ति उत्पादन गर्ने लक्ष्य लिइएको इन्जिनियर छत्कुलीले बताउनुभयो ।

जलाशयबाट प्रतिसेकेन्ड वर्षामा ४५० र सुक्खा याममा १५० लिटर पानी मेलम्ची खानेपानी आयोजनामा थपिने लक्ष्य लिइएको छ । यसको अतिरिक्त प्रतिसेकेन्ड ४० लिटर पानी बागमती नदीमा पनि छोडिने छ ।

यसबाहेक पेनस्टक, पावरहाउस, स्पिल वे, टर्वाइन, पुल तथा विद्युत् प्रसारण लाइन जस्ता संरचना निर्माण गरिने छ ।

यो आयोजना निर्माणका लागि बुट्यानसहित करिब ८० हजार रुख काट्नुपर्ने हुन्छ । एक रुख बराबर २५ बिरुवा रोप्नुपर्ने सरकारी नीति अनुसार क्षतिपूर्ति बापत दुई करोड छ लाख २६ हजार ३०६ वटा नयाँ रुख रोप्नुपर्ने हुन्छ । रुख कटानका लागि टाँचा लगाउने काम सम्पन्न भइसकेको छ ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

prabhu mahalaxmi
kumari