stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सशस्त्र प्रहरी आईजीपी पौडेललाई दर्ज्यानी चिह्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका नवनियुक्त महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न लगाएका छन् । सोमबार (वैशाख २१) बिहान गृह मन्त्रालयमा आयोजित एक समारोहमा सचिव राजकुमार श्रेष्ठले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

योसँगै पौडेलको कार्यकाल आधिकारिक रूपमा सुरु भएको छ । उनी सशस्त्र प्रहरीका १३औँ आईजीपी हुन् ।

यही वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट एआईजी पौडेललाई आईजीपीमा बढुवा गरिएको थियो । यसअघिका आईजीपी राजु अर्यालले चारवर्षे कार्यकाल पूरा गरी वैशाख १८ मा अवकाश लिएका थिए ।

prabhu mahalaxmi
kumari