stcnepal long ad
global ime bank long

डोनाल्ड ट्रम्पको घोषणापछि विश्व बजारमा तेलको मूल्य घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक घोषणासँगै विश्व बजारमा कच्चा तेलको मूल्य घटेको छ । ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’मा रोकिएका पानीजहाजहरुलाई सुरक्षित निकास दिने घोषणा गरेसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको हो ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथमार्फत यस्तो घोषणा गरेका थिए । ट्रम्पको सोही घोषणापछि विश्व बजारमा ब्रेन्ट क्रुडको मूल्य ६४ सेन्टले घटेर प्रतिब्यारेल १०७.५३ डलरमा झरेको छ ।

ब्रेन्ट क्रुडसँगै अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) ८४ सेन्टले घटेर १०१.१० डलर कायम भएको छ ।यद्यपि अमेरिका र इरानबीच द्वन्द्व सहमति हुन नसक्दा अवस्था भने पूर्ण रुपमा सामान्य भइसकेको छैन ।

तेलको मूल्य अझै पनि १०० डलर भन्दा माथि नै छ । यद्यपि युद्ध सहमतिका विषयमा दुई देशबीच वार्ता र छलफल भने जारी छ ।

IME Lifesidebar
kumari