stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

सन्दीपको मुद्दामा आज बहस सकिंदै,आजै फैसलाको सम्भावना

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा आज फाइनल बहस सकिंदै छ। सन्दीप पक्षबाट दुइजना कानुन ब्यबसायीले बहस गरेपछि जाहेरीकर्ताले जवाफी बहस गरेसँगै आज बहस सकिने छ।

गत आइतबारदेखी काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा मुद्दाको फाइनल बहस सुरु भएको छ। सोमबार र मंगलबार सार्वजानिक विदा परेपछि बुधबारबाट निरन्तर बहस हुँदै आएको मुद्दामा आज लन्च समय सम्ममा बहस सकिने छ।

त्यसपछि जवाफी बहस सकिएसँगै न्यायाधीशले फैसला लेखेपछि जिल्ला अदालतबाट मुद्दाले किनारा पाउने छ। शुक्रबार पनि १०ः३० देखी बहस निरन्तर सुरु हुने छ। सन्दीप पक्षबाट बरिष्ठ अधिबक्ता रमन कुमार श्रेष्ठ र सन्दीपका कानुन ब्यबसायी सरोज कृष्ण घिमीरेले आज बहस गर्ने छन्।

सन्दीपका कानुन ब्यबसायी सरोज कृष्ण घिमीरेले आफ्नो तर्फबाट आज लन्च समय सम्ममा बहस सकिने बताए।

उनले भने,‘सम्भवत आज मुद्दाले किनारा पाउने छ। हाम्रो तर्फबाट बहस लन्च ब्रेक अघि सकिने छ।’ उनले जवाफी बहसमा पनि धेरैजनाले बहस नगर्ने भएकाले धेरै समय नलाग्ने भएकाले आजै फैसला हुने सम्भावना रहेको बताए।

यसअघि ११ वैशाखमा पहिलो पटक सर्वोच्चको आदेशपछि फाइनल सुनुवाइ सुरु भएको थियो। न्यायाधीश दीपक ढकालको इजलासमा सरकारी पक्षका वकिलहरुले ४ घण्टा बढी बहस गरिसकेका थिए।

न्यायाधीशले इजालासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता दिने आम प्रचलन रहे पनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराखेर हेर्न नभ्याइने आदेश गरेपछि बहस अर्थहीन हुँदै मुद्दा फेरि लम्बिन पुगेको थियो। यो पटक भने मुद्दाले किनारा पाउन लागेको हो।

prabhu mahalaxmi
kumari