macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

अख्तियारले साधारण तारेखमा छाड्यो खाणलाई

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा अदालतको आदेशमा छुटेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि शुक्रबार नै छाडेको छ । यससँगै उनी पक्राउ परेको आठ महिनापछि थुनामुक्त भएका छन् ।

सम्पत्ति शुद्धीकरणले उनीसँग १५ लाख धरौटी मागेको छ भने अख्तियारले साधारण तारेखमा छाड्ने निर्णय गरेको हो ।

यसअघि जिल्ला अदालतको मुद्दामा उनले ३० लाख धरौटी राखेका थिए । अख्तियारले यसअघिदेखि नै उनको सम्पत्तिको छानबिन गर्दै आएको छ । सम्पत्तिको स्रोत नखुलेमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुनेछ ।

उच्च अदालत पाटनले उनलाई बिहीबार धरौटीमा छाड्ने आदेश दिएको थियो । २७ बैशाखमा पक्राउ परेका उनी १ असारमा जेल चलान भएका थिए ।

गृहमन्त्री हुँदा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रयास गरेको गम्भीर अभियोग उनीमाथि छ ।

himalayan life insurance
igi long
NTA long ad