stcnepal long ad
ime life insurance
global ime bank long

आज धेरै ठाउँमा भारी वर्षाको सम्भावना :

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । देशका धेरै ठाउँमा मेघगर्जन, चट्याङ र हुरीबतास सहित ठूलो (भारी) वर्षाको हुने आज (मंगलबार) सम्भावना रहेको छ । पूर्वी र मध्य भू–भागमा मनसुनी वायु तथा पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल प्रदेश नं ५ का थोरै ठाउँमा, गण्डकी प्रदेश, बाग्मती प्रदेश, प्रदेश नं २ र प्रेश नं १ का धेरै ठाउँमा वर्षा भइरहेको छ । एकैछिन पानी पर्न रोकिए पनि फेरि पानी परिहाल्ने महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि सोमबार रातिदेखि नै वर्षा भइरहेको छ । भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहानै ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ-

देशभर धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ, जसका कारण ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने सम्भावना रहेको हुनाले सबैले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

prabhu mahalaxmi
kumari