citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

दुग्ध किसानको बक्यौता तत्काल भुक्तानीको व्यवस्था मिलाउन महासङ्घको माग

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौँ । दुग्ध किसानको भुक्तानी व्यवस्था मिलाउन अखिल नेपाल किसान महासङ्घले माग गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै महासङ्घले दुग्ध उत्पादक किसानले भुक्तानी नपाउने अवस्था बन्नु दुःखद भएको जनाएको हो ।

देशभरका किसानहरूले झण्डै ६ महिनादेखि दुग्ध बिक्री गरेको ६ अर्ब रुपैयाँ रकम नपाएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको महासङ्घले जनाएको छ ।

दूधको भुक्तानी नपाउँदा झण्डै ३० लाख किसान परिवार आश्रित रहेको दुग्ध उत्पादन व्यवसाय निरुत्साहित हुने महासङ्घले जनाएको छ ।

‘किसानहरूले कष्टसाध्य जीवन निर्वाह गर्दै उत्पादन र बिक्री गरेको दूधको करिब ६ अरब रुपैयाँ बराबर रकमको भुक्तानी विगत ६ महिनादेखि रोकिएको विषयले अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) को गम्भीर ध्यानाकर्षण भएको छ,’ महासङ्घले भनेको छ ।

किसानहरूले प्राप्त गर्नुपर्ने बक्यौता रकममध्ये करिब आधा रकम सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)को रहेको र आधा निजी क्षेत्रका डेरीहरुको भएको महासङ्घको भनाइ छ ।

gold
himalayan life insurance long ad