macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाए

एलपि  ग्यासको मूल्य भने यथावत (प्रति सिलिण्डर १८ सय ९५ रुपैयाँ) राखिएको छ ।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल आयल निगमले भोलि डिसेम्बर १ (मंसिर १५) गते शुक्रवारदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

निगमका प्रवक्ताद्वारा बिहिवार राति जारी विज्ञप्तीमा उल्लेख भए अनुसार शुक्रवारदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रति लिटर दुई रुपैयाँ तथा डिजेल र मट्टिटेलको मूल्यमा प्रति लिटर चार रुपैया घटाईएको हो ।   एलपि  ग्यासको मूल्य भने यथावत (प्रति सिलिण्डर १८ सय ९५ रुपैयाँ) राखिएको छ ।

यस अनुसार शुक्रवारदेखि पेट्रोल प्रतिलिटर १६७.५० रुपैयाँ (पहिलो वर्ग), १६९ रुपैयाँ (दोस्रो वर्ग) तथा १७० रुपैयाँ (तेस्रो वर्ग) मा उपलब्ध हुनेछ ।

त्यस्तै डिजेल तथा मट्टितेल प्रतिलिटर १५७.५० रुपैयाँ (पहिलो वर्ग), १५९ रुपैयाँ (दोस्रो वर्ग) तथा १६० रुपैयाँ (तेस्रो वर्ग) मा उपलब्ध हुनेछ ।

यस्तो छ विज्ञप्ती

himalayan life insurance
igi long
NTA long ad