citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

तनहुँ र नवलपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

तनहूँको घिरिंङ गाउँपालिका स्थायी ठेगाना भइ सोहि गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ४५, २२, २७, २७, र ४६ वर्ष उमेर समुकहका ५ पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

संक्रमितलाई तनहुँकै शुक्लागण्डकी नगरपालिकामा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आईसोलेसन कक्षमा ल्याईएको निर्देशनालयले उल्लेख गरेको छ ।

यस्तै, नवलपुर बौदीकाली गाउँपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बसेका २० वर्षिय १ पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित पुरुषलाई नवलपुरकै रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयाे ।

योसँगै गण्डकी प्रदेशमा संक्रमितको कुल संख्या २०५ पुगेको छ । हालसम्म संक्रमितमध्ये १६ जना निको भएर घर फर्कि सकेका छन् भने १ को मृत्यु भएको छ ।

gold
himalayan life insurance long ad
kumari bank