stcnepal long ad
global ime bank long

शिर मेमोरियल एडभेन्टिष्ट अस्पतालले क्यान्सर रोगको उपचार सेवा शुभारम्भ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काभ्रे । काभ्रेको बनेपा .५ मा रहेको शिर मेमोरियल एडभेन्टिष्ट अस्पतालले क्यान्सर रोगको उपचार सेवा शुभारम्भ गरेको छ । काभ्रे तथा आसपासका जिल्लाका नागरिकहरुलाई क्यान्सर रोगको उपचारमा सहजता प्रदान गर्ने उदेश्यले बनेपामा क्यान्सर रोगको उपचार सेवा शुभारम्भ गरिएको अस्पतालले जानकारी दिएको छ ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम र बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले संयुक्त रुपमा सेवा शुभारम्भको घोषणा गरेका हुन् ।

समन्वय समिति प्रमुख दिपकुमार गौतमले क्यान्सर महामारीका रुपमा फैलिएकाले त्यसको उपचारमा नागरिकहरुले ब्यहोरिरहेको असहजतालाई सहज बनाउन शिर मेमोरियल अस्पतालमा शुरु भएको क्यान्सर रोगको उपचार सेवालाई गुणस्तरीय र आम नागरिकको पहुँचमा पुर्‍याउन समन्वय गर्ने बताउनुभयो ।

बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले बनेपा नगर क्षेत्रका मात्रै नभई जिल्ला भित्रका नागरिकहरुलाई क्यान्सर रोगको उपचारमा सहजताका लागि अस्पतालले शुरु गरेको सेवालाई प्रभावकारी बनाउन स्थानीय सरकारको तर्फबाट सहजिकरण गरिने बताउनुभयो ।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले अस्पतालले सेवामा सहजता प्रदान गर्ने उदेश्यले सबै प्रकारका क्यान्सर रोगको उपचार र रोकथामका लागि जनचेतना फैलाउने गरी सेवा विस्तार गरिएको बताउनु भयो ।

कार्यक्रममा क्यान्सर रोगका सर्जन डा। पुष्प खर्रवुजाले अस्पतालले दुई महिनाको अवधीमा ६ वटा जटिल प्रकारका क्यान्सर रोगका विरामीको शल्यक्रिया गरेको बताउनुभयो ।

नेपालमा बार्षिक १४ हजार नागरिकको क्यान्सर रोगका कारण निधन हुने गरेको छ भने बार्षिक २० हजार भन्दा धेरैलाई क्यान्सर रोगबाट संक्रमित हुने गरेको तथ्यांक सार्वजनिक गरेको छ ।

कार्यक्रममा उपप्रमुख विमला सापकोटा, सकारात्मक सोचका अभियान्ता कर्ण शाक्य, अस्पतालका विभिन्न विभागका प्रमुखहरु, स्वास्थ्य कार्यालय काभ्रेकी निमित्त प्रमुख अनिता खनाल, वडा अध्यक्ष बलराम अधिकारी लगायतले अस्पतालका बारेमा जानकारी गराउनु भएको थियो ।

IME Lifesidebar
kumari