citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

पिसिआर परीक्षणको दायरा बढाउदै सरकार

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौँ । सरकारले पिसिआर परीक्षणको दायरा थप बढाउने भएको छ । हाल नेपालले गरिरहेको पिसिआर टेष्ट दक्षिण एशियाका धेरै मुलुकको भन्दा अधिक भए पनि एक महिना यता विदेशबाट भित्रिने नेपालीको सङ्ख्या बढेर क्वारेन्टाइनको व्यवस्थापनमा समेत केही समस्या देखिएको र निरन्तर सुधार गर्दै जाने प्रतिबद्धता पनि सरकारले ब्यक्त गरेको छ ।

शुक्रवार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सिसिएमसी निर्देशक समितिको बैठकले शान्तिपूर्ण रुपमा उपस्थित हुन पाउनु लोकतान्त्रिक अधिकारको विषय भएपनि अहिलेको अवस्था सामान्य नरहेको र कोरोना संक्रमण उच्च जोखिम रहेको अवस्थाप्रति संवेदनशील हुन बैठकले आग्रह गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

बैठकले थोरै पनि असावधानीले संक्रमणले भयावह महामारीको रुप लिन सक्ने खतराप्रति सजग हुन सम्बद्ध आह्वान गरेको छ । मन्त्री ज्ञवालीले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका लागि भएको खर्च छिट्टै  सार्वजनिक गरिने जानकारी पनि दिनुभयो ।

gold
kumari bank