citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

एक अर्ब रुपैंयाको दूग्ध पदार्थ डिडिसिको गोदाममै

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौँ । देशमा लकडाउन शुरु भएपछि बजारमा सामान पठाउन नसक्दा दूग्ध विकास सस्थानको मात्र करिब एक अर्ब रुपैयाँ बराबरको सामान गोदाममा थन्किएको छ ।

बजारमा दूधको खपत कम भएपछि दूध प्रशोधन गरेर बनाइएको चिज ६ सय ५० मेट्रिकटन र ९०० मेट्रिकटन पाउडर दूध बजारमा लान निसकिएपछि गोदाममै थन्किएको छ ।

नेपालमा उत्पादन हुने मध्ये ४० प्रतिशत दूध  दूग्ध विकास सस्थानले र बाँकी ६० प्रतिशत दूध निजी डेरीहरूले खपत गर्दै आएका छन् ।

संस्थानका अनुसार लकडाउन अघि दैनिक एक लाख २० हजार देखि एक लाख २५ हजार लिटर सम्म दूध बजारमा खपत हुने गरेको थियो । तर अहिले दैनिक करिब ८५ हजार लिटर दूध मात्र बजारमा बिक्री हुने गरेको छ ।

लकडाउनले दूध र दूधजन्य सामग्रीको खपत बजारमा घटे पनि संस्थानले कृषकबाट लिने दूध भने घटाएन । बरू बजारमा पठाएर बाँकी रहेको दूध प्रशोधन गरेर मखन, चीज, धूलो दूध जस्ता दूधजन्य सामग्री उत्पादन गरियो । फलस्वरूप यस्ता दुधजन्य सामग्री पहिलेको भन्दा बढी नै उत्पादन भयो ।

एकातिर नियमित भन्दा बढी उत्पादन हुने र अर्कोतर्फ बजारमा खपत घट्ने भएपछि अहिले गोदामको समेत समस्या भएको सस्थानले जनाएको छ । काठमाडौमा भएको गोदाम भरिएपछि कतिपय सामान हेटौडामा रहेको गोदाममा राख्न थालिएको छ ।

गोदाममा थन्किएका यी सामग्रीको बजार व्यवस्थापनका लागि विभिन्न निकायसंग छलफल भइरहेको संस्थानका निमित्त उपमहानिर्देशक राजेन्द्र प्रसाद अधिकारी बताउनुहुन्छ ।

सामान्य अवस्थामा तीन महिनाको अवधिमा ११ लाख मेट्रीकटन दूध संकलन भएर ७ लाख मेट्रीकटन दूध खपत हुने गरेको राष्ट्रिय दूग्ध विकास सस्थानलले जनाएको छ ।

तर लकडाउनका कारण अहिले करिब ५ लाख ७० हजार मेट्रीकटन दूध संकलन भएर जम्मा ४ लाख मेट्रीकटन दूध मात्र बजारमा खपत भएको छ । नेपालमा बार्षिक २२ लाख मेट्रीक टन दूध उत्पादन हुने गरेको छ ।

 

gold
kumari bank