sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

ल्हासा र सांघाईबाट पोखरा उडान गर्न चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधिसँग तिमिल्सिनाको आग्रह

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्र, चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङले शिष्टाचार भेट गरेका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका तिब्बत सचिव वाङले अध्यक्ष तिमिल्सिनाको सिंहदरवार स्थित कार्यकक्षमा बिहीबार दिउँसो शिष्टाचार भेट गरेका हुन् ।

एक घण्टा बढी समयको भेटमा दुई देशका बिचमा आपसी सम्बन्ध, सहकार्य र हितका विषयमा कुराकानी भएका छन् । अध्यक्ष तिमिल्सिनाले भेटमा नेपाल र चीन घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेका देश रहेको बताउँदै चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्व दिएको कुरामा जोड दिए ।

नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेको बताए । उनले नेपाली भूमिमा चीनको हित विरुद्ध कुनै पनि गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका छन् ।

यसै वर्षको जुन महिनामा अध्यक्ष तिमिल्सिनाले चीनको औपचारिक भ्रमणको क्रममा राष्ट्रिय जन–कङ्ग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजी र चिनियाँ राजनैतिक परामर्श दातृ सम्मेलनका अध्यक्ष वाङ हु निङसँग भएको भेटको स्मरण पनि गरे ।

उनले सचिव वाङले पनि शिष्टाचार भेटघाट गरेका थिए । आफ्नो भ्रमणका क्रममा सिमा नाका सञ्चालन गर्न र नेपालमा उत्पादित घाँस तिब्बत निकासीका लागि गरिएको आग्रह तत्काल कार्यान्वयन भएकोमा धन्यवाद दिँदै सुन्तला जातका फलफूलको निकासी गर्ने वातावरण बनाउन तथा चीनको सहयोगमा बनेको पोखरा विमानस्थलमा तिब्बतको राजधानी ल्हासा र साँंघाईबाट सिधा उडान गर्न आग्रह पनि गरे ।

यसले पर्यटन र व्यवसाय प्रर्बद्धनमा सहयोग पुग्ने बताउँदै अध्यक्ष तिमिल्सिनाले नेपालमा जलविद्युत, कृषि उत्पादन, फर्निचर उत्पादन लगायतका उद्योगमा लगानी गर्न चिनियाँ व्यवसायीहरू इच्छुक देखिएकाले त्यससका लागि वातावरण बनाउन दुवै देशले पहल गर्ने विश्वास व्यक्त गरे ।

हालै जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको विनाशकारी भूकम्प प्रभावितका लागि चीनले पुर्‍याएको सहयोगका लागि धन्यवाद समेत दिए।

सो अवसरमा सिपिसिका तिब्बत सचिव जुनझेङले नेपाल र चीनका बिचमा रहेको मित्रतापूर्ण सम्बन्ध र सहकार्यको चर्चा गर्दै जाजरकोट भूकम्पपछि पूननिर्माणको काममा चीनले सहयोग पुर्‍याउने प्रतिबद्धता पनि जनाए ।

gold
prabhu bank
nawakantipur long