stcnepal long ad
global ime bank long

नक्कली बैंक ग्यारेन्टी पेस गर्ने ठेकेदार थुनामा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

 

२०७६ माघ १८ रौतहट । रौतहटको गढीमाई नगरपालिकामा वाग्मती नदीको समनपुर घाटको बालुवा–गिट्टी ठेक्का हत्याउनको लागि नक्कली बैंक ग्यारेन्टी बनाएर पेस गरेको आरोपमा भाग्यमानी कन्स्ट्रक्सनका सञ्चालक रामानन्द साहलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । गिट्टी–बालुवा ठेक्का सकार तथा आधा रकम जम्मा गरी नगरपालिकाको केही कर्मचारीको मिलोमतोमा सञ्चालक साहले एक करोड साठी लाख रुपैयाँ बराबरको नक्कली बैंक ग्यारेन्टी पेस गरेपछि इलाका प्रहरी कार्यालय गरुडाले सञ्चालक साहलाई एक महिनाअघि पक्राउ गरेको थियो । ठेक्का हात पार्न सञ्चालक साहले पेस गरेको बैंक ग्यारेन्टीमा शंका लागी नगरपालिकाका लेखापाल कामेश्वर सहनीले राष्ट्रिय वाणिज्य बैंकमा फोन गर्दा सो बैंक ग्यारेन्टी–पत्र नक्कली भएको खुलेको थियो । त्यसपछि लेखपाल सहनीले भाग्यमानीका सञ्चालक सहित नक्कली बैंक ग्यारेन्टी प्रकरणमा संलग्न व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोको कमाण्डमा खटिएको टोलीले भाग्यमानीका सञ्चालक रामानन्दलाई नियन्त्रणमा लिएको थियो । प्रहरी टोलीले साहको गौर–३ स्थित घर खानतलासी गर्दा राष्ट्रिय वाणिज्य बैंक गौर शाखाको किर्ते गरेर बनाएका अन्य नक्कली कागजात, नोटरी पब्लिकको छाप र हस्ताक्षर किर्ते गरेको प्रमाण फेला पारेको थियो । प्रमाण बरामद गरेपछि प्रहरीले साह विरुद्ध लिखित किर्ते र नोटरी पब्लिक ऐन अन्तर्गतको कसुरमा मुद्दा चलाएको थियो । सो मुद्दामा रौतहट जिल्ला अदालतका न्यायाधिश चाणक्यमणि अर्यालको इजलासले आरोपित साह सहित फरार रहेका ५ जना व्यक्तिहरूले लिखित किर्ते कसुर गरेको भन्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । आजको नागरिक दैनिकबाट

IME Lifesidebar
kumari