stcnepal long ad
ime life insurance
global ime bank long

नेपालीलाई फर्काउन साउदीबाट पनि चार्टर्ड उडान संचालन हुने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

आर्थिक सञ्जाल

दोहा । कोरना भाइरस (कोविड् (१९) महामारीका कारण अन्तराष्ट्रिय हवाई उडानहरु स्थगन भएकोले साउदी अरबबाट स्वदेश फर्कनका लागि पर्खिरहेका नेपालीहरुलाई नेपाल फर्कन चार्टर्ड उडान संचालन हुने भन्दै साउदीस्थित नेपाली दूतावासले सूचना जारी गरेको छ ।

साउदीबाट जुन १५ देखि १८, १९ र २४ मा उडान हुने दूताबासले जनाएको छ । तत्कालको लागि साउदीको रियाद, दमाम, र जेद्धा शहरबाट चार्टर उडान मार्फत स्वदेश फर्कन सकिने दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदीबाट एकतर्फी भाडादर नेपाली ७० हजारदेखि ९३ हजारसम्म तोकेको छ । दुतावासले नेपाल एरलाइन्स र हिमालय एयरलाइन्सबाट नेपालीलाई स्वदेश फर्काउने तयारी गरेको छ ।

दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढि नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ भने १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊ भन्दै फारम भनेको दूताबासले जनाएको छ । साउदीमा करिब तीन लाख बीस हजार नेपाली कामदार कार्यरत रहेका छन् ।

prabhu mahalaxmi
kumari