sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सार्कका नवनियुक्त महासचिव सरवरले सम्हाले कार्यभार

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौँ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव गोलाम सरवरले कार्यभार सम्हालेका छन् ।

सार्क मन्त्रिपरिषद्‌ले उनको नियुक्तिलाई अनुमोदन गरेसँगै महासचिव सरवरले गत मङ्गलवारदेखि कार्यभार सम्हालेका सार्क सचिवालयले  जनाएको छ ।

नवनियुक्त महासचिव सार्कको १५औँ महासचिव हुन् । उनी बङ्गलादेशको प्रतिनिधित्व गर्ने तेस्रो कूटनीतिक कर्मचारी हुन् ।

सन् १९९१ मा बङ्गलादेशको कूटनीतिक सेवा प्रारम्भ गरेका महासचिव सरवरले मलेसिया, ओमन, स्वीडेनमा बङ्गलादेशी राजदूतका रूपमा सेवा गरिसकेका छन् ।

उनले क्वालालम्पुर, काठमाडौं, ङ्याङ्ग र वाशिङ्टन डिसीमा पनि बङ्गलादेशको कूटनीतिक अधिकारीका रूपमा काम गरिसकेका छन् ।

सन् १९६६ मा जन्मिएका महासचिव सरवरले वाणिज्य शास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका छन् । उनले जर्मनीबाट कूटनीति सम्बन्धी तालिम पनि लिएका छन् ।

gold
kumari bank
nawakantipur long