macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

लमजुङमा पहिलो पटक वितरण गरियो गैरआवासीय नेपाली नागरिकता

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

लमजुङ । लमजुङमा गैरआवासीय नेपाली नागरिकता वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले बेसीशहर नगरपालिका– १, भकुण्डे माइती र बेसीशहर नगरपालिका– १, उदिपुरको खत्रीचौर गाउँमा घर भई हाल अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका शिवबहादुर बुढाथोकीका दम्पतीलाई गैरआवासीय नागरिकता प्रदान गरेको हो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको रोहबरमा सेवाग्राहीलाई गैर आवासीय नागरिकता हस्तान्तरण गर्नु भएको हो । शिवबहादुर बुढाथोकीले गैरआवासीय नागरिकता लिनु अघि उनकी श्रीमती पवित्रा थापा बुडाथोकीलाई नेपाली नागरिकता वितरण गरिएको थियो । उनको माइती बेसीशहर नगरपालिका– २ भकुण्डे गाउँमा हो ।

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० को अनुसूचि (८) को (ग) बमोजिम एक दम्पत्तीलाई जिल्लामा पहिलो पटक एकै साथ गैर आवासीय नेपाली नागरिकता वितरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले गैर आवासीय नेपालीलाई राजनीतिक तथा प्रशासनिक अधिकार बाहेकका आर्थिक, सामाजिकलगायत अधिकार हुने बताए ।

उनका अनुसार नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० जारी भएसँगै गैर आवासीय नेपालीलाई नागरिकता प्रमाणपत्र दिन थालिएको हो ।

उनले भने, ‘गैर आवासीय नेपाली नागरिकतासम्बन्धी विषयहरूलाई समावेश गरी नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीआईएमएस) अद्यावधिक गर्ने कार्य गृह मन्त्रालयबाट भइसके पनि जिल्लाबाट नागरिकता दिन प्रणाली व्यवस्थापनमा केही समय लाग्यो ।’

अन्य नागरिकता जस्तै सहज होला भन्ने अनुमान थियो तर पहिलो पटक भएको हुँदा आशा गरेभन्दा बढी नै समय लाग्यो, जे होस् काम भयो प्रजिअ अधिकारीले भने ।

आफूले अस्टे«लियामा आफ्नै रेस्टुरेन्ट सञ्चालन गरिआएको शिवबहादुरले बताए । उनकी श्रीमती पवित्राले नर्सङि होम सञ्चालन गर्दै आएको बताइन् । नेपाली नागरिकता त्याग गरेर बुढाथोकी दम्पतीले गैर आवासीय नागरिकता लिएका हुन् ।

गैर आवासीय नेपाली नागरिकताको लागि नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० को अनुसूचि (८) को (ग) बमोजिम सम्बन्धित वडा कार्यालयको सिफारिस सहितको निवेदन वा निवेदक विदेशी मुलुकमा बसोबास गरेको अवस्थामा सम्बन्धित मुलुक हेर्न तोकिएको राजदूतावास वा महावाणिज्य दूतावासको सिफारिस आवश्यक पर्दछ ।

निवेदक आफू वा आफ्नो बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण हुनुपर्ने व्यवस्था रहेको सहायक प्रजिअ गोकर्णराज सुयलले जानकारी दिए ।

उनका अनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र (भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंका) बाहेकको देशको नागरिकता, नागरिक भएको प्रमाण, नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता अनुसूचि (८) को (घ), हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको सक्कल वा सोको प्रमाणित प्रतिलिपी आवश्यक पर्ने हुन्छ । उने भने, ‘पहिलो पटक भएको हुँदा केही समय लागेको भए पनि अबका दिनमा भने प्रक्रिया पुगेपछि समय लाग्दैन ।’

पछिल्ला १० बर्ष देखि अस्ट्रेलिया बस्दै आएका बुढाथोकीको परिवारमा श्रीमान श्रीमती र दुई छोरी छन् ।आजको राजधानी दैनिकमा समाचार छ ।

१२ कात्तिक २०८०, आइतवार ०५:५१ बजे प्रकाशित

NTA long ad