citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

कति छ आज काठमाडौंको तापक्रम

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । काठमाडौंमा आज बिहान ५:४५ को तापक्रम ११.५ डिग्री सेल्सियस रहेको छ । १० डिग्री सेल्सियसमा झरिसके पनि तीन दिनदेखि भने काठमाडौंको तापक्रम केही बढेको हो ।

“सोमबार, मंगलबार र बुधबार १० डिग्री सेल्सियससम्म झरे पनि त्यसयता भने तापक्रम बढेको छ,” मौसमविद् प्रतिभा मानन्धरले भनिन् ।

केही दिनका लागि तापक्रम बढे पनि अब क्रमशः चिसो बढ्ने उनको भनाइ छ । “अब चिसो एक्कासी नबढे पनि क्रमशः अलिअलि गर्दै तापक्रम घट्दै जानेछ,” उनी भन्छिन्, “अधिकतम र न्यूनतम दुवै तापक्रम अब क्रमशः घट्दै जान्छ । त्यसैले अब चिसोबाट बच्न सचेत हुनुपर्छ ।”

आज दिउँसो काठमाडौंको अधिकतम तापक्रम २५–२७ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद् मानन्धर बताउँछिन् । हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागका हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको हो ।

himalayan life insurance
igi long