macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

कुमारीको हातबाट टीका ग्रहण

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । भक्तपुरको ऐतिहासिक तलेजु भवानीको मन्दिरमा विजयादशमीको दिन देवी एकान्त कुमारीको हातबाट टीका ग्रहण गर्न सर्वसाधारणको भीड लागेको छ। कुमारी लुनिभा बज्राचार्यको हातबाट तलेजुका मूल , पुजारी, जोशीहरू, कर्माचार्यहरू, गुरु तथा पुरोहितले साइतको टीका लगाउने गर्दछन् ।

कुमारीको हातबाट टीका लगाएपछि मात्र अन्य व्यक्तिको हातबाट टीका लगाउने चलन रहेको छ।यसअघि एकान्त कुमारीसहित ११ कुमारीको पूजा गरी भक्तपुर तलेजुमा तलेजु तथा कुमारी जात्रा सम्पन्न गरिएको थियो।

तलेजुमा ऋग्वेद, यर्जुवेद, अथर्ववेद र सामवेद, चण्डीलगायतको पाठ गरी कुमारीको पुजारी प्रवेशराज राजोपाध्याय र प्राडा सिद्धिबीर कर्माचार्यले पूजा गरी जात्रा मनाइएको थियो।

नवदुर्गाका रूपमा नौ कुमारी र भैरव तथा गणेश गरी ११ गणकुमारीको पुजा सकिएपछि तलेजुका पाँच सय २८ रकमीको सहभागितामा एकान्त कुमारीको पूजा गरिएको थियो।

तलेजुमा दशैँमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँसको बली दिई जात्रा तलेजु जात्रा मनाइएको छ। तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बली दिइने परम्परा छ।

घटस्थापनादेखि दशमीसम्म मूलगुठी, चौगुठी समुदायले श्रीद्धिमाजु देवीमा समेत पूजाअर्चना गर्ने परम्परा छ भने भण्डार पोखरीमा समेत विशेष पूजा गर्ने परम्परा छ।

७ कात्तिक २०८०, मंगलवार १६:२६ बजे प्रकाशित

NTA long ad