stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

यस पटक दसैंमा  करिब २० लाखले काठमाडौं उपत्यका छोड्ने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दसैं सुरु भएसँगै उपत्यका छाड्नेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस पटक दसैंमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरेको छ ।

ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले घटस्थापनादेखि आज (बिहीबार) बिहानसम्म दसैं मनाउन साढे तीन लाख व्यक्तिले उपत्यका छाडेको जानकारी दिनुभयो ।

प्रवक्ता भट्टका अनुसार पछिल्लो दिनमा उपत्यका छाड्ने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । उहाँले हिजो ९बुधबार०मात्र ९८ हजारले उपत्यका छाडेको बताउनुभयो ।

अहिले दैनिकरुपमा नागढुङ्गा, साँगााभञ्जाङ र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या बढ्दै गएको हो । यात्राको क्रममा यात्रुलाई कुनै समस्या नहोस् भनेर विभिन्न स्थानमा सहायता कक्ष समेत स्थापना गरिएको उहाँको भनाइ छ ।

विभिन्न प्रयोजनका लागि राजधानीमा बसोबास गर्दै आएकाहरु दसैं मनाउन उपत्यकाबाट बाहिरिएका हुन् ।

prabhu mahalaxmi
kumari