stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरिया आउने नयाँ कामदारलाई थप कडा नियम

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरिया आउने नयाँ कामदारलाई थप कडा नियम ल्याएको छ ।

बिहीबारबाट लागू भएको नयाँ नियम अनुसार कामदारले तोकिएको क्षेत्रमा मात्रै कार्यस्थल परिवर्तन गर्न सकिन्छ ।

यसअघि ईपीएस मार्फत आएका कामदारले इच्छाएको क्षेत्रमा कम्पनी परिवर्तन गर्न सक्थे । नयाँ नियम अनुसार दक्षिण कोरियालाई पाँच क्षेत्रमा बाडीएको को छ ।

ख्याङ्गी, सोल र ईन्छन क्षेत्र, बुसान, उल्सान र ख्याङ्नाम क्षेत्र, थेगु, ख्याङबुक र खाङवान क्षेत्र, ख्वाङ्जु, जेजु, छल्ला नाम्दो र छल्लाबुक्दो क्षेत्र, थेजन, सेजोङ, छुङछन नाम्दो र छुङ्छन बुक्दो क्षेत्र गरेर पाँच भागमा बाँडिएको छ ।

अबदेखि कामदारले आफू आएको क्षेत्रमा मात्रै कार्यस्थल फेर्न सक्नेछन् । यस्तो नियमलाई प्रवासी मजदुर युनियन एमटियूले भने विरोध गरेको छ ।

विदेशी कामदारलाई बढी सुविधा दिनुपर्नेमा झन् कडा कडा नियम ल्याएर बँधुवा मजदुरको रूपमा व्यवहार गर्दै आएको एमटियूले जनाएको छ ।

पहिलेदेखि नै कार्यस्थल परिवर्तन गर्दा रोजदाताको अनुमति चाहिने गर्दछ । दक्षिण कोरियामा ईपीएसमार्फत झन्डै ५० हजार कामदार काम गरिरहेका छन् । नेपाल, श्रीलङ्का, बंगालादेश लगायत १६ वटा देशबाट कामदार ईपीएसमार्फत कामदार कोरियामा आउँछन् ।

कोरियाली सरकारले गत जुलाईमै यस्तो नियम ल्याउने निर्णय गरेको थियो । मजदुर युनियनहरूको विरोधका कारण सेप्टेम्बरबाट नै लागू गर्ने नियम केही समय रोकिएको थियो । अहिले ईपीएसमार्फत कोरियामा काम गर्ने कामदारको संख्या चार लाखको हाराहारीमा छ ।

prabhu mahalaxmi
kumari