stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ११ वटा यातायात व्यवस्था कार्यालयहरुबाट क्यु आर मार्फत डिजिटल कारोबार गर्ने सुविधा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले देशको विभिन्न क्षेत्रहरुमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरुबाट क्यु आर मार्फत विभिन्न शिर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ ।

यो सुविधाले गर्दा यातायात व्यवस्था कार्यालयमा हुने नगद कारोबारमा कमि भइ सेवा ग्राहिहरुलाई लामो समय लाइनमा बसेर नगद (खुद) तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे छ ।

क्यु आर प्रणालीवाट राजश्व संकलन गर्दा समयको वचत र पारदर्शी कारोवार हुनुका साथै नगद रहित कारोवारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ ।

हाल यो सुविधा यातायात व्यवस्था कार्यालयहरु विर्तामोड, जनकपुर, नेपालगञ्ज, सुर्खेत, इटहरी, हेटौँडा, सल्लाघारी, ठुलो भ¥याङ, सानो भ¥याङ, नारायणगढ, महेन्द्रनगर बाट सुचारु गरिएको बैंकका सूचना अधिकारी बिजेन्द्र सुवालले जानकारी दिए ।

बैंकले २६० शाखा, २५७ एटीएम, ६३ एक्सटेन्सन काउन्टरहरु र १०७ शाखारहित बैंकिङ्क काउन्टरहरूबाट आफ्ना ग्राहकहरूलाई सेवा दिइरहेको छ ।

prabhu mahalaxmi
kumari