macchha(MBL)
Everest Bank
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

चाडपर्वमा निर्बाध विद्युत् आपूर्ति गर्न छलफल

citizens bank
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । दसैँतिहार, नेपाल संवत्, छठ जस्ता चाडपर्वमा उपभोक्तालाई निर्बाध विद्युत् आपूर्ति गराउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरण उच्च व्यवस्थापनसँग छलफल गरेको छ ।

मन्त्रालयमा आयोजित छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कुनै पनि समस्या नआउने गरी विद्युत्  आपूर्तिको  प्रबन्ध  गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभयो ।

छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईलगायत काठमाडौँ उपत्यकाभित्रका वितरण केन्द्र प्रमुखहरूलाई बोलाइएको थियो ।

“नागरिकले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्नुहोला,” मन्त्री बस्नेतले भन्नुभयो, “वर्ष दिनभरि राम्रो काम गरे पनि चाडपर्वको समयमा एकाध मिनेट समस्या आउँदा त्यसले राम्रो सन्देश जाँदैन । पूर्ण रूपमा जिम्मेवार भएर काम गर्नूस् ।”

चाडपर्वको समयमा उद्योग प्रतिष्ठानलाई पनि बढीभन्दा बढी बिजुली उपलब्ध गराउन निर्देशन दिँदै मन्त्री बस्नेतले बढी भएको बिजुली खेर नजाने वातावरण बनाउनसमेत निर्देशन दिनुभयो ।

चाडपर्वमा उद्योग प्रतिष्ठान, होटल, व्यवसाय तथा व्यापारिक प्रतिष्ठानमा बिजुलीको माग कम हुने भएकाले बिजुली खेर जाने अवस्था हुन्छ ।

प्राधिकरणका नो लाइट सेन्टरहरूलाई थप जिम्मेवार बनाउन, ग्राहकले गुनासो गर्नेबित्तिकै फोन उठ्ने प्रबन्ध गर्न तथा कुनै समस्या आइहाले एकाध मिनेटमा नै उपभोक्ताको घरसम्म पुग्ने गरी द्रुत टोली व्यवस्थापन गर्न मन्त्री बस्नेतले आग्रह गर्नुभयो ।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले जिम्मेवार र चनाखो भएर सामान्य समयभन्दा चाडपर्वको समयमा कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले चौबिसै घण्टा परिचालन हुने गरी काठमाडौँ उपत्यका र सहरी क्षेत्रमा जनशक्तिको व्यवस्थापन र परिचालन गरिएको बताउनुभयो ।

उहाँले चाडपर्वको समयमा आफैँ नियमित रूपमा वितरण केन्द्रहरूको अनुगमन, निरीक्षणका लागि निस्कने जानकारी दिँदै कुनै पनि उपभोक्ताले गुनासो नआउने गरी काम गर्ने बताउनुभयो ।

चाडपर्वको समयमा उद्योग प्रतिष्ठान पनि कम क्षमतामा चल्ने भएकाले बिजुलीको माग कम हुने हुँदा केही बिजुली खेर जाने अवस्था रहेको उहाँको भनाइ छ ।

 

२ कात्तिक २०८०, बिहीवार ०६:४८ बजे प्रकाशित

NTA long ad